site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

विराटनगर । मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका लेखापाल जलेको अवस्थामा फेला परेका छन् । उनी शनिबार बिहान विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लेखापाल ४० वर्षीय मनिल ढकाल जलिरहेको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । 

शौचालय भित्रबाट चिच्याएको आवाज सुनाएपछि स्थानीय घटनास्थलमा पुगेका थिए । ढकालले आफैँले आफ्नो शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । गम्भीर घाइते ढकालको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्