site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत रिझाउन नागरिकता विधेयक प्रमाणीकरण : राप्रपा सांसद बजगाईं

विराटनगर । भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ । 

कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि यो विधेयक हतार–हतार प्रमाणीकरण गरिएको आरोप लगाइन् ।

बजगाईले भनिन्, “यो राष्ट्रघाती कदम हो । हामी भत्सना गर्दछौँ, अदालतले गरेको फैसला विपरीत आममाफी दिने काम गलत हो ।” उनले यसैगरी आममाफी दिँदै जाने हो भने अदालतको निर्णयको अर्थ नरहने पनि बताइन् ।

बजगाईंले देश आर्थिक मन्दीमा डुबेको भन्दै युवा विदेश उन्मुख हुन बाध्य भएको बताइन् । उनले भनिन्, “भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो अब धेरै थेग्न सकिदैन ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro