site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनकपुर, सिमरा र भैरहवामा ४१,  काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने  
प्रतीकात्मक तस्बिर

काठमाडौं । केही दिनयता काठमाडौंसहित देशभरको तापक्रम बढ्नेक्रममा रहेको छ । तापक्रम बढेसँगै गर्मी पनि बढेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । 

“तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंका ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको छ,” मौसमविद् गोविन्द झाले भने । 

तराईका जनकपुर, सिमरा र भैरहवामा आज पनि गर्मी उच्च हुनेछ । यी क्षेत्रमा आज ४१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको उनले बताए । “जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ,” मौसमविद् झाले बाह्रखरीसँग भने, “तापक्रम निरन्तर बढ्नेक्रममा रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ । कम्तीमा तीन दिन तापक्रम बढ्ने क्रममा रहेको छ ।” 

Dabur Nepal
NIC Asia

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । वर्षा नहुँदासम्म गर्मी हुने क्रम पनि बढ्नेछ । 

काठमाडौंमा पनि तापक्रम बढ्ने क्रममा रहेको र पानी नपर्दासम्म यस्तै अवस्था रहने मौसमविद् झाले बताए । काठमाडौंमा कम्तीमा तीन दिन अझै वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए । 

यसैबीच, देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागकोे भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro