site stats
बाह्रखरी :: Baahrakhari
कला
सरकारले नेपाली चलचित्रलाई उपेक्षा र विदेशीलाई पक्षपोषण गरेको कलाकारको आरोप

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सरकारले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्षपोषण गरेको संघको आरोप छ । 

नेपालमा विदेशी चलचित्र निर्बाध प्रदर्शन भइरहेको तथ्य कसैबाट नलुकेको भन्दै संघले सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएको भन्दै संघले भनेको छ, “नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा हामी दशकौँदेखि भोग्दै आएका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारलाई चलचित्रकर्मीको प्रश्न– विदेशी सिनेमाप्रति उदार र स्वदेशीप्रति अनुदार किन ?

यस्तो अवस्था अन्त्यका लागि बारम्बार आवाज उठाउँदै आए पनि सरकारले नसुनेको संघको भनाइ छ । “सरकारलाई पटकपटक दबाब दिइरहेको छौं । हामी हाम्रो सरकारबाट नेपाली चलचित्रको विस्तार तथा प्रवर्द्धन चाहन्छौं । नेपाली चलचित्र उद्योगसँग कलाकार, लगानीकर्ता, निर्देशकमात्र हैन हजारौँ श्रमिकको जीविका प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको छ,” विज्ञप्तिमा उल्लेख छ, “यो बजेटमा नेपाली चलचित्रको प्रवर्द्धन र विस्तारलाई उपेक्षा गरिँदा हामी अत्यन्तै दुःखी छौँ । यस विषयमा हाम्रो जोडदार भर्त्सनासहित गम्भीर ध्यानाकार्षण भएको छ ।” 

सरकारले चलचित्र उद्योगलाई ‘जरैदेखि उखेल्ने’ रणनीति सुरु गर्‍यो !  

तत्काल नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न संघले माग गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्