site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सरकारले चलचित्र उद्योगलाई ‘जरैदेखि उखेल्ने’ रणनीति सुरु गर्‍यो !  

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सरकारलेनै नेपाली चलचित्र उद्योगलाई धरासायी बनाउने काम गरेको टिप्पणी गरेको छ । देशको सभ्यतासँग जोडिएको राष्ट्रिय चलचित्र उद्योगलाई उचित सम्बोधन नगरी सरकारले चलचित्र उद्योगलाई नै धरासायी बनाउने गरी विदेशी चलचित्रको पक्षमा सरकारले नीतिगत निर्णय गरेको संघको आरोप छ । 

सरकारले विदेशबाट पैठारी हुने चलचित्रले एक प्रतिशत मात्र भन्सार दस्तुर तिर्नुपर्ने निर्णय गरेकोप्रति संघले आपत्ति जनाएको छ । यसले विदेशी चलचित्रलाई प्रवर्धन गर्ने र राष्ट्रिय चलचित्र उद्योगलाई हतोत्साही गर्ने संघको भनाइ छ । 

“राष्ट्रिय चलचित्र उद्योगको हकमा फिल्म सिटी र स्टुडियो निर्माण गर्ने वासी कुराबाहेक कुनै पनि नयाँ कुरा सम्बोधन नहुने । तर, विदेशी चलचित्र पैठारीको हकमा पहिलाभन्दा थप सजिलो हुने गरी दस्तुर निर्धारण गरिनुले सरकार राष्ट्रिय चलचित्र उद्योगको पक्षमा नरहेको पनि स्पष्ट भएको छ,” संघले आज विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । 

विगत वर्षमा बजेटको पूर्वसन्ध्यामा चलचित्र उद्योगलाई समेट्नका लागि राय तथा सुझाव संकलन गर्ने गरे पनि यसपटक भने नगरिएको संघको भनाइ छ । “यसले हामीलाई नेपाली चलचित्र उद्योगलाई जरैदेखि उखेल्ने रणनीतिको प्रारम्भको रूपमा बुझ्न बाध्य पारेको छ । अतः विदेशी सिनेमाको प्रवर्द्धन गर्न सरकारले जारी गरेको बजेट वक्तव्यको ठाडो र घोर विरोध गर्दै हामी नेपाली चलचित्रलाई यथोचित सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ । 
ज्ञघ1685520906.jpg

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro