देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।
उनीहरूले देश बेच्न पाइँदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नाराबाजी गरेका थिए । त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्मा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्