राजनीति

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
बुधबार चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १३:३८
प्रतिक्रिया दिनुहोस्