site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रश्न– नक्सा सच्याउनुस् भन्न नसके प्रधानमन्त्री भारत भ्रमणमा किन जाने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् ।

त्यहाँको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको आएको उनले उल्लेख गरे । यो सत्य हो भने उचित नभएको ओलीको प्रतिक्रिया थियो ।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अखिल नेपाल महिला संघले आयोजना गरेको एक कार्यक्रममा उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा सो नक्सा त्यहाँबाट हटाउन वार्ता गर्नुपर्नेमा जोड दिए । भारत सरकारसँग उक्त गल्ती सच्याउने विषयमा कुरा नगर्ने भए प्रधानमन्त्री प्रचण्ड त्यहाँ भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीको भनाइ छ ।

“अहिले आइराख्या छ नि, लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुँदेर संसद्ले राख्यो भनेपछि योभन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्‍यो भने अथवा त्यो हटायो भने वा गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ । तर, नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद्जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन,” उनले भने, “प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यति कुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?”

अध्यक्ष ओलीले शक्तिराष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर मुलुकहरूले न्यायको खोजी गरिरहनुपरेको पटक–पटक दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro