देश

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, चुमखोलास्थित त्रिशूली नदीमा मोटरसाइकल खस्दा एक युवतीको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् ।
मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आज बिहान साढे १० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनालगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको हो । बेपत्ता दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १६:१४
प्रतिक्रिया दिनुहोस्