site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि बजेट बिनियोजन
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले विभिन्न अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरेको जानकारी दिए । 

डा. महतले बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्