site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजना मात्र

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्र बजेट विनियोजन गरिएको हो ।

विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने तर काम भने सुरु नहुने समस्या थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्पन्न हुने खालका आयोजनामा आवश्यकताअनुसार बजेट दिएका छन् । सुरु नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन् ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्