site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको भारत भ्रमणमा ईपीजी प्रतिवेदन बुझ्ने वातावरण बनोस् : प्रदीप ज्ञवाली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन बुझ्ने वातावरण निर्माण हुनुपर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको क्रममा आधादर्जनभन्दा बढी विषयहरूमा ध्यान दिन सुझाव दिएको उनले बताए । भारतका कारणले ईपीजी कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यो कार्यान्वयन भएपछि मात्र दुई देशको सम्बन्धमा नयाँ आयाम दिने बताए ।

“भारतको भ्रमण र भारतसँगको संवादहरूमा ६–७ वटा विषयमा ध्यान दिन हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । पहिलो २०१६ मा दुई देशका प्रधानमन्त्री द्ुई देशको सम्बन्धलाई २१औँ शताब्दी सुहाँउदो प्रवुद्ध समूहमा रहेर ईपीजी रिपोर्ट बेनको पनि चार वर्ष बढी भयो । भारतका कारणले यो बुझ्ने काम समेत भएको छैन कार्यान्वयन त टाढाको विषय भयो । त्यो प्रतिवेदन बुझ्न विशेष जोड दिनुपर्यो । त्यसले मात्र दुई देशबीचको सम्बन्धलाई स्थापित गर्न नयाँ आयाम दिन्छ,” उनले भने ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले सीमा विवादको दीर्घकालीन समाधानका लागि र कालापानी भूभाग फिर्ताका लागि सचिवस्तरीय संयन्त्रको विषयमा गम्भीर भएर कुरा राख्न सुझाव दिएको पनि बताए ।

“ऐतिहासिक प्रमाणहरू, नक्साहरू, तथ्यहरू सबै कुराले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका सबै भूभाग नेपालको हो भन्ने प्रस्ट छ । त्यसो भएको हुनाले यो भूभागलाई नेपालले प्रयोग गर्न पाउने गरी सीमाको विषय टुंगो लगाउनु पर्छ । दुई देशका सचिवहरूबाट टुंगो लगाउने भन्ने सहमति छ, यसलाई गम्भीरतापूर्वक राख्न प्रमलाई सुझाव दिएका छौँ,” उनले भने ।

ज्ञवालीले व्यापार घाटा घटाउन वाणिज्य सन्धीको पुनरवलोकन तथा नेपालको उत्पादन निर्यातमा सहजता थप्ने गरी संवाद गर्न सुझाव दिएको जानकारी दिए ।

“त्यसबाहेक १९५० को सन्धिहरूको पनि विषय छ । तेस्रो, नेपाल भारत व्यापार घाटा घटाउन वाणिज्य सन्धिको पुनरवलोकन र नेपालको चिया, अलैँची, अदुवा जुटलगायतका बस्तुहरुको निर्वाध भारतमा निर्यातका लागि वाणिज्य सन्धिको पुनरवलोकन र उत्पादनका सामानहरूमा भारतको उदार रबैयाका लागि तपार्ईंले पहल गर्नुपर्छ भनेका छौँ,” उनले भने ।

ज्ञवालीले परराष्ट्र नीति र सम्बन्धको विषयमा एमाले सत्तापक्षमै उभिएको पनि जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro