site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचानवादी र सुरक्षाकर्मीको झडपले रणभूमि बन्यो विराटनगर, ३० जना घाइते (तस्बिरहरू)

विराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर रणभूमि बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् ।

दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो । त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए ।

ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको विवरणानुसार सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ कम्तीमा ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र आन्दोलनकारी त्यहाँबाट फिर्ता भएको मोरङका प्रहरी प्रमुख एवं एसपी दीपक पोखरेलले बताए ।

बाहिर झडप भइरहँदा प्रदेशसभा बैठक बसेको थियो । बैठकमा बोल्ने अधिकांश दलका सांसदले कोसी नामकरणको विरोधमा भएको आन्दोलन हिंसात्मक बन्ने खतरा रहेको भन्दै सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

आन्दोलनकारीले गरेको ढुंगामुढाबाट देवकोटा चोकस्थित स्वास्थ्य मन्त्रालयमा क्षति पुगेको छ । मन्त्रालयका झ्यालका सिसा फुटेका छन् । स्वास्थ्य निर्देशनालयको स्कारपियो गाडीमा समेत तोडफोड गरिएको छ । 

गएको फागुन १७ गते प्रदेशसभाबाट कोसी प्रदेश नामकरण भएसँगै त्यसको विरोधमा आन्दोलन चर्किएको छ ।

थप तस्बिर हेर्नोस्–

Aandolan 11685268793.jpeg

Aandolan 41685268791.jpeg

Aandolan 21685268791.jpeg

Aandolan 51685268789.jpeg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro