site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आवश्यकता नभए राष्ट्रियसभा खारेज गरौं तर उपेक्षा चाहीँ नगरौं : प्रकाश पन्त 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको बताएका छन् । 

उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभालाई परिपक्व र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको बताए । 

KFC Island Ad
NIC Asia

राष्ट्रियसभाको आवश्यकता सकिएको लाग्छ भने खारेज गरिदिए हुन्छ भन्दै उनले आक्रोश समेत पोखे । 

“यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो,” उनले थपे, “चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने यसलाई बन्द गरिदिए हुन्छ खारेज गरिदिए हुन्छ ।” 

Royal Enfield Island Ad

उनले भाषणमा मात्र राष्ट्रियसभालाई ज्येष्ठ सभा भन्ने तर यसको औचित्य पुष्टि हुने क्रियकलाप चाहीँ हुन नसकेको बताए । 

“परिपक्व र स्थायी सभा भनेर राष्ट्रियसभालाई हामी भन्ने गरेका छौँ । भाषणमा त्यसो भने पनि व्यवहारमा राष्ट्रियसभाले आफूलाई उपेक्षा गरेको महसुस भएको छ । प्रतिनिधिसभा नहुँदा कुनै बेला सिंहदरबारको एउटा हलबाट नीति कार्यक्रम बजेटहरू प्रस्तुत भयो राष्ट्रियसभा हुँदाहुँदै । त्यहाँबाट राष्ट्रियसभा झस्किएको छ,” पन्तले भने, “यसको औचित्य र आवश्यकताको विषय त्यतिबेलै उठिसकेको छ । राष्ट्रियसभा हुँदाहुँदै सरकारले कतिपय कुराहरू बाहिरबाहिरबाटै गर्दा यसको औचित्यमाथि प्रश्न उठेको छ ।”  

राष्ट्रियसभाको औचित्य र आवश्यकता छ भने यसको गरिमा र मार्यादालाई कायम राख्न जरूरी रहेको पनि उनले बताए । उनले माथिल्लो सभाको रूपमा रहेको राष्ट्रियसभालाई यसको गरिमा कायम गर्दै ज्येष्ठ सभाको मान्यता कायम गर्न गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro