site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानमा व्यवस्था गरेका कुराहरूलक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरे । 

Argakhachi Cement Island Ad

उनले कानुनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरेपनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरू बलात्कारको मुद्दामा परिरहेको बताइन् । 

“कानुनलक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरूको संख्या बढीरहेको पाइन्छ,” उनले भनिन् ।

उनले पैतृक सम्पत्तिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताइन् । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताइन् ।

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । उनले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्