site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुगेन : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार रास्वपा ललितपुर महानगर भेलामा उनले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगा मात्रै भएको भन्दै अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका हुन् ।

यो प्रकरणमा भइरहेको छानबिनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको उनले उल्लेख गरे । प्रहरीले बयान लिनसम्म डराएका व्यक्तिहरूमाथि संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ ।

नेपाली जनताले आफूहरूलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्मा पठाएको उनले बताए ।

भ्रष्टाचारका विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै सभापति लामिछानेले जस्तोसुकै घेराबन्दी वा मुद्दा हाले पनि त्यसलाई चिरेर अघि बढ्ने उल्लेख गरे । भ्रष्टाचारको जरो नउखलेसम्म आफूहरूले विश्राम नलिने उनले स्पष्ट पारे ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro