site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, सभामुख छलफलमा
संसद् बैठकको शुक्रबारको दृष्य ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर, अहिले (पौने ५ बजे)सम्म बैठक सुरु भएको छैन ।

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणले शुक्रबारको बैठक अवरुद्ध भएको थियो । सोही बैठक आजका लागि निर्धारण गरिएको हो ।

आज पनि बैठक सुरु हुन सकेको छैन । संघीय संसद् सचिवालयले एकैछिनमा बैठक सुरु हुने र अहिले सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग छलफल गरिरहेको जनाएको छ ।

“एकैछिनमा बैठक सुरु हुन्छ । सभामुख दलका नेताहरूसँग अहिले पनि सरसल्लाह गरिरहनुभएको छ,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बाह्रखरीसँग भने ।

आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । त्यसअघि, नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्कपकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाउँदै अवरोध गरेपछि शुक्रबार बैठक बस्न नसकेको हो । शुक्रबार साढे १२ बजेबाट २० मिनेटका लागि स्थगन गरिएको बैठक दुईपटक समय परिवर्तन गरेर बोलाउँदा पनि बस्न सकेको थिएन । त्यसपछि सभामुखले आज अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगन गरेका थिए ।

यही जेठ १० गतेको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले जलहरीबारे संसद्मा प्रश्न उठाएका थिए । उनले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा चढाइएको जलहरीमा सुनको सट्टा पित्तल हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।

आज बिहान तीन दलका शीर्ष नेताहरूको बैठकमा उक्त विषयमा सहमति जुटेको बताइएको थियो । त्यसपछि संसद् बैठक नियमित सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

पशुपतिनाथको जलहरी विवादका विषयमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गर्ने शीर्ष नेताहरूबीच सहमति भएको हो । सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro