site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली शरणार्थी प्रकरणमा मुछिएकी लक्ष्मी महर्जन पक्राउ 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी लक्ष्मी महर्जन पक्राउ परेकी छन् ।  प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सीताराम रिजालले महर्जनलाई आज पक्राउ गरी अदालतमा बुझाइसकेको जानकारी दिए ।

"अदालतमा अभियोगपत्र दायर भइसकेकाले उनको म्याद थमाउन पर्दैन । उनलाई हामीले अदालतको जिम्मा लगाएका छौँ । अरू प्रक्रिया पक्राउ परेकासरह नै हुने छ ।" 

Himalayan Bank
Dabur nepal
Agni Group

उनीसहित यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १७ पुगेको छ । महर्जनसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अब यस प्रकरणमा १४ जना अभियुक्त फरार छन् । 

Global bank

उनीहरूविरुद्ध ठगी, किर्ते, राष्ट्रिय हितविरुद्धको कसुर, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । 

बुधबार मुद्दा दर्ता भएपछि शुक्रबारबाट पक्राउ परेका अभियुक्तहरूको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइँदै छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय