site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरमा ‘पोखरी भञ्जाङ’को पुनर्निर्माण
Tiktok banner adTiktok banner ad

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ स्थित ‘पोखरी भञ्ज्याङ’को पुनर्निर्माण गरिएको छ । बाघभैरव उपभोक्ता समूह, रेडक्रसकर्मी र स्थानीयको श्रमदानबाट पोखरीको पुनर्निर्माण गरिएको हो ।

लगभग चार फिट अग्लो पोखरी तयार गरिएको नेपाल रेडक्रस कीर्तिपुर उपशाखाका सभापति मुरारी विष्टले जानकारी दिए ।

कीर्तिपुर–४ को वडा कार्यालयबाट बाघभैरव मन्दिर, सालक पदमार्ग हुँदै चम्पादेवी मन्दिर जाने बाटोमा पोखरी भञ्ज्याङ पर्छ । यो पोखरी बाघभैरव सामुदायिक वन क्षेत्रभित्र छ । कीर्तिपुर–४ को वडा कार्यालयबाट लगभग पैदल एक घण्टामा पोखरी पुग्न सकिन्छ ।

“यो पोखरी वर्षौंदेखि पुरिएको अवस्थामा थियो । वन्यजन्तु चराचुरुंगीलाई पानी खान र खानेपानी मुहान पनि रिचार्ज हुन्छ भन्ने उद्देश्यले पोखरीको पुनर्निर्माण गरिएको हो,” विष्टले बाह्रखरीसँग भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro