site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा एमालेको हुटिङ : हितराजले भने– सभामुखसँग एउटा सहमति गरेर एमालेले स्टन्ट गर्दै छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि नेकपा (एमाले)का सांसदहरुले हुटिङ गरेका छन् । 

माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार भएको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरोध गरेका थियो । त्यसमा बोल्नका लागि समय मागेपछि हितराजले समय मागेका थिए । उनलाई सभामुख घिमिरेले समय दिएपछि एमाले सांसदहरुले संसद्ले संसद्मै नाराबाजी सुरु गरेका थिए ।

माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने एमालेले सभामुखसँग भएको छलफलविपरीत स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।

“यो सार्वभौम संसद् हो, यहाँ सबैले कुरा राख्न पाइन्छ,” पाण्डेले भने, “सभामुखज्यूसँगको छलफलमा आआफ्ना कुरा राख्ने र बैठक अघि बढाउने समझदारी एमालेले उल्लंघन गरेको छ ।”

उनले एमालेले भित्र एउटा समझदारी गरेर संसद्मा स्टन्टबाजी गरेको भन्दै त्यस्तो कार्यले संसदीय मर्यादालाई सहयोग नगर्ने बताए ।

उनले प्रधानमन्त्रीले नै जवाफ दिने कार्यक्रम कार्यसूचीमा रहेको भन्दै एमालेले के खोजेको भन्दै प्रश्न उठाएका थिए । पाण्डे बोलेपछि एमाले सांसदहरु बेल घेराउ गर्दै नाजाबाजीमा उत्रिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro