काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषयलाई संसद्मा उठाएको भन्दै कांगेस सांसद अजय चौरसियाको विरोध गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा कांग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धी विवादबारे बोलेका थिए । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे ।
अदालतमा विचाराधीन विषयलाई संसद्मा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाइ थियो ।
उनले सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि बताए । उनले अदालतमा विचाराधीन विषयलाई हल्लाको भरमा संसद्मा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराए ।