site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भट्टराईको प्रतिबद्धता : उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि पहल गर्नेछु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार काठमाडौंको माइतीघरमा धर्नामा बसेका उखु किसानहरुसँगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरूलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक बर्ष २०७१/०७२ मा सरकारले २५ रुपैयाँप्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिदै आएका छन् ।

भट्टराईले किसानहरूले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आउने कृषिजन्य बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरू मारमा परेको बताए । उखु किसानलाई दिइने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

Global Ime bank

उखु किसानहरूले सबै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रूपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय