site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकार छाड्न माओवादी र जसपालाई कांग्रेसको पत्र, प्रधानमन्त्रीलाई जानकारी गराइने

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्न नेपाली कांग्रेसले पठाएको पत्र सम्बन्धित दलले बुझेका छन् ।

कांग्रेसको कोसी प्रदेश संसदीय दलले नेकपा (माओवादी केन्द्र) र जसपालाई पत्राचार गरेको थियो । गठबन्धनको संयुक्त संघीय सरकार भएकाले सोहीअनुरुप कोसीमा हुनुपर्ने भन्दै कांग्रेसले सरकारबाट फिर्ता आउन गठबन्धनका दुई दललाई दबाब दिइरहेको छ ।

जेठ ४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले दुई दललाई पत्राचार गर्ने निर्णय गरेको थियो । दलका नेता उद्धव थापा आफैँले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पत्र बुझाएको बताउँदै भने, “नयाँ सरकार गठन गर्ने विषयमा पहिले एमाले नेतृत्वको सरकारबाट फिर्ता आउन लिखित आग्रह गरेका हौँ ।”

थापाले संघीय सरकारमा भएजस्तै प्रदेशमा पनि गठबन्धनकै सरकार हुनुपर्नेमा आफूहरु प्रस्ट भएको सुनाए ।

थापाले पठाएको पत्रमा संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धनअनुसार नै सरकार गठन भइसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म, भावनाअनुरुप कोसी प्रदेशमा संघीय गठबन्धनकै सरकार गठन गर्न समर्थन फिर्ता लिन भनिएको छ ।

कांग्रेसले पठाएको पत्रको विषयमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराइने आङ््बोले बताए ।

कोसी प्रदेशसभा ९३ सदस्यीय छ । जसअनुसार बहुमतको सरकार बनाउन ४७ सांसद चाहिन्छ ।

अहिले नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र एकजना जसपा सांसदको समर्थन छ । 

कोसी प्रदेशसभामा कांग्रेसको सांसद संख्या २९ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro