site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्राउ परेका १६ जनाविरुद्ध आज अभियोगपत्र दर्ता होला ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई आजसम्म हिरासतमा राख्न अनुमति दिएको छ । 

त्यसैले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले आज (बुधबार)नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताएका छन् । 

“हामीले सोमबारबाट अध्ययन सुरु गरेका थियौँ । मंगलबार अध्ययन सकेर अभियोजन तयार पार्न सुरु गरेका छौँ,” प्रवक्ता नेउपानेले भने ।

मुद्दामा सहन्यायाधिवक्ता नेउपानेसहितको आठजनाको समूहले अध्ययनसहित भियोजनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

नेउपानेका अनुसार अझै कुन कसुरमा मुद्दा अगाडि बढाउने निश्चित भएको छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म आज नै नत्र भोलिसम्म अभियोग पत्र दर्ता गर्नेछ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई भोलिसम्म हिरासतमा राख्न अनुमति

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro