site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई भोलिसम्म हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले भोलि नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताए । 

"हामीले हिजोबाट अध्ययन सुरु गरेका थियौँ, आज अध्ययन सकेर अभियोजन तयार पार्न सुरु गरेका छौँ," उनले भने ।

मुद्दामा सहन्यायाधिवक्ता नेउपानेसहितको आठजनाको टिमले अध्ययनसहित भियोजनको प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

नेउपानेका अनुसार अझै कुन कसुरमा मुद्दा अगाडि बढाउने निश्चित भएको छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ  बुधबार यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म भोलि नै नत्र पर्सिसम्म अभियोग पत्र दर्ता गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro