site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदहरूले सिक्न पाएको भन्दै बास्कोटाले भने– केपी ओली भीसी, प्रोफेसर डाक्टर, आर्किटेक्ट सबै हो 
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपहरूको जवाफ दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले नीति तथा कार्यक्रम गलितो नल्याउने, अनि ओलीमाथि दोष थुपरेर तथ्यबाट भाग्ने भन्दै कटाक्ष गरे । सांसदहरूले अध्यक्ष ओलीलाई हेडसर भनेर व्यंग गरेकोमा पनि उनले जवाफ दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सत्तापक्षले सुन्ने धैर्यता राख्ला भन्ने थियो, तर सत्तापक्ष आफ्नो कमजोरी लुकाउन प्रतिपक्षको तेजोवध गर्ने र तीव्र आलोचनामा उत्रिने गरेको देख्दा छक्क परेँ,” उनले भने, “हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो । हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौँ । हामी लोकतन्त्र र राष्ट्रिय स्वाधिनता परिवर्तन र पुनर्जागरणको विश्वविद्यालय हो । तपाईंहरुले दिएको उपाधि पुग्दैन । केपी ओली यो व्श्विविद्यालयको भीसी हो, प्रोफोसर डाक्टर हो । तपाईंहरुले सिक्न पाउनुभयो । बधाई दिन चाहन्छु ।”

उनले तथ्यको खडेरी परेपछि सत्तापक्ष एमालेको विरोधमा उत्रिएको भन्दै कटाक्ष गरे । “तथ्यको खडेरी परेपछि यस्तो तर्क गरिन्छ । धारेहात लाउनुभएको छ । आफूले लिएको जिम्मासम्मको तालाचाबिको टुंगो छैन । अर्कालाई के भनेर झम्टेको छ । ओलीलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने ? तपाईंहरूलाई अग्रिम बधाई छ,” उनले भने ।

Global Ime bank

द्वन्द्वकालीन न्यायाको विषयमा उनले ३१ महिना माओवादीले नेतृत्व गर्दा के गर्यो भन्दै प्रश्न गरे ।

“शान्ति सम्झौताको बाँकी काम गर्न भनेको छ । ३१ महिना माओवादीले नेतृत्व गरेको छ । के भयो यसमा । स्वर्गीय नेता गिरीजाप्रसाद कोइरालालाई मरेको देखाएर सधैँ हुन्छ । सल्लाह चाहिँदैन ? हामीलाई पनि यो समस्या समाधान होस् भन्ने छ,” बास्कोटाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !