site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजगढ विमानस्थलबारे माधव नेपालले व्यक्तिगत रुपमै गराए अध्ययन, समितिमा प्रतिवेदन पेस गर्ने
फाइल तस्बिर।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थलको आवश्यकता छैन भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देशको विकासमा सपना देख्नेहरु आवश्यक भएको भन्दै हचुुवा सपना देख्ने र छोटो सोच राख्नेहरुका कारण देशेको मुहार फेरिन नसकेको नेपालको आरोप छ ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको टिप्पणीमा नेपालले देशको हवाई क्षेत्रको आवश्यकता र बाध्यता नबुझ्नेहरुले निजगढ विमानस्थलको आवश्यकता छैन भनेको टिप्पणी गरे । 

Dabur Nepal
NIC Asia

“देशको विकासका समस्या के हुन्् ? समाधानका कुराहरु के हुन् भन्ने तर्फ ध्यान दिँदैनौ । तत्काल गर्नुपर्ने काममा हात हाल्दैनौँ । तत्काल नगरे पनि हुने काममा बजेट सिध्याउँछौ,” केही वर्षअघिको टावर संस्कृतितर्फ संकेत गर्दै नेपालले भने, “जस्तो विमानस्थलको कुरा गर्नेहो भने, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प निजगढ हो भन्नेमा हाम्रो ध्यान किन जाँदैन ?”

उनले देशमा पर्यटन प्रवद्र्धन गर्ने, ‘एयरट्राफिक’ समस्या समाधान गर्ने र पर्वतीय देशको दुर्घटना घटाउने हो भने निजगढ विमानस्थल अनिवार्य भइसकेको दाबी गरे । उनले निजगढ विमानस्थल नहुँदा देशले भोलि व्यहोर्नुपर्ने क्षतिको विषयमा अनदेखा गरिएको पनि आरोप लगाए ।

“मलाई यसबारे पनि बहस गर्न मन लागेको छ । मैले सुनेँ, निजगढ विमानस्थगलको अब आवश्यकता छैन । किनभने पोखरामा बनिसकेको छ, लुम्बिनीमा बनिसकेको छ,” नेपालले भने, “त्यसपछि मैले केही साथीहरुलाई अध्ययन गर्न दिएँ, मैले डकुमेन्ट पनि लिएर आएको छु । यो डकुमेन्ट म सम्बन्धित समितिमा पेस गर्नेछु ।”

उनले निजगढ विमानस्थल आफ्नो प्रधानमन्त्री कालमा अघि बढेको र देशको आवश्यकता पनि भएकाले आफ्नो प्राथमिकतामा त्यो रहेको बताए ।

“नेपालको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने मात्र नभएर नेपालको अर्थतन्त्रलाई नै मद्दत गर्ने निजगढ एयरपोर्ट एउटा समान्य अर्को विमानस्थल मात्र होइन,” नेपालले भने, “एउटा महत्वपवूर्ण इन्टरनेसनल विमानस्थल हुन्छ त्यो । त्यतिमात्र होइन, पूर्व–पश्चिम जोड्ने हब पनि बन्छ त्यो ।”

उनले त्यस्ता परियोजना अघि बढाउनुको साटो सानासाना परियोजनाका नाममा टावर बनाएर पैसा सकाउनु देशको हितमा नहुने दाबी गरे । उनले देशको प्राथमिकीकरण नबुझ्नेहरुको नेतृत्वमा जाँदा विकासको लक्ष्य नै पछि पर्ने समेत दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro