site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीप्रति माधव नेपालको व्यंग्य– अरूलाई सत्तोसराप गरेर हुँदैन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा ओलीप्रति व्यंग्य गर्दै उनले सरकार आफ्नो हातबाट फुस्किएपछि अरूलाई सत्तोसराप गरेर केही नहुने बताए ।

KFC Island Ad
NIC Asia

“सहकार्य आवश्यक छ । एकले अर्कालाई घोचेर मात्र हुँदैन । पीडा, व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन ? अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो ? अरूलाई सत्तोसराप गरेर हुँदैन,” उनले भने ।

ओलीप्रति व्यंग गर्दै उनले व्यक्तिवादी र सर्वज्ञानी ठान्ने रोग अहिले सबैभन्दा ठूलो समस्या भएको बताए ।

Royal Enfield Island Ad

“सबैभन्दा ठूलो समस्या आफूभित्र भएको कमीकमजोरी के छ, त्यसको पहिचान गरेर सुधार गरौँ,” उनले भने, “हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो । दोस्रो, सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । कुरामा उपदेश बढी छाँट्ने र व्यवहारमा लागु गर्ने चलन कम छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro