site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र छैन : माधव नेपाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैँमा पूर्ण नहुने बताए । छलफल र सल्लाह–सुझावको आवश्कता पर्ने भन्दै उनले यो सकारात्मक भएको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नीति तथा कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका विषय पनि उल्लेख रहेको उनले बताए ।

“विभिन्न विचार व्यक्त भएको छ । राम्रो विचारको अवश्यक सम्बोधन हुनेछ र प्रधानमन्त्रीले ध्यान दिनुहुनेछ,” उनले भने, “यसको कुनै अर्थ छैन भन्ने पनि आएको छ । मैले पनि मनन गरेँ, काजगको खोस्टो मात्र छ कि भनेर हेरेँ, तर मैले हेर्दा त्यस्तो पाइनँ । अर्थतन्त्रको पुनरुत्थान, सुशासन र विकास तथा समाजिक न्याय र राष्ट्रिय हितको विषय अघि सारिएको छ ।”

Global Ime bank

नीति तथा कार्यक्रममा गणतन्त्रलाई बलियो बनाउँदै समाजवदोन्मुख अर्थतन्त्र र समावेशीमूलक समाजको निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय