site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुसन्धान प्रतिवेदन आज बुझाइने, यी कसुरमा चल्न सक्छ मुद्दा 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीनदिनको म्याद थपिएको थियो । शनिबारदेखि लागु हुनेगरी तीनदिनको म्याद थप भएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिएका छन् । 

KFC Island Ad
NIC Asia

अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने न्यायाधिवक्ता खत्रीले बताएका छन् ।

उनका अनुसार संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको छ ।

Royal Enfield Island Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरू प्रहरी नियन्त्रणमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro