site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले भने– भारतप्रति कायर मन राख्नु भएन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रसँग खुलस्त कुरा गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जान लागेको भन्दै सीमाबारे मन कायर बनाउन नहुनेमा जोड दिए ।

Argakhachi Cement Island Ad

भारत छिमेकी र मित्रराष्ट्र भएकाले खुलेर कुरा राख्नुपर्ने उनको भनाइ छ । “खुलस्त कुरा गरेर समस्या समाधान गर्न सक्नुपर्‍यो । चिसोपन राख्नु भएन । कायर मन पनि राख्नु भएन,” ओलीले भने, “काँतर मन, चिसोपन । चिसो लिइरहने, भन्न नसक्ने । कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने, बोल्न नसक्ने हुनु भएन ।”

उनले छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई प्रधानमन्त्रीले कसरी लिनुभएको छ ? भन्दै प्रश्न पनि गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अवस्थाबारे उनले जानकारी मागे ।

“लिम्पियाधुरा, लिपुलेक र कालापानीको अहिलेको अवस्था कस्तो छ ? सीमा सुरक्षित नै छ ?,” उनले सोधे ।

त्यसबारे नीति तथा कार्यक्रममा सरकारले केही नबोलेको भन्दै उनले आपत्ति जनाए ।

कालापानी क्षेत्रमा संरचना बनाइँदै गरेको समाचार आएको भन्दै उनले यथार्थ जानकारी गराउन माग गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्