site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वदेशमा बनेका विद्युतीय सवारी ३५ दिनभित्र दर्ता हुनुपर्ने प्रावधानमाथि गगन थापाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपालमै उत्पादित विद्युतीय सवारीसाधनले भ्याटबिल तिरेको ३५ दिनभित्र दर्ता नगरे जरिवाना लाग्ने प्रावधानलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भएर दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

संसद्मा बोल्दै उनले भने, “अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ । सरकार भन्छ– भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन, दर्ता भएन । अहिले कानुन बन्यो, दर्ता भयो तर आफै ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् तैँले ? जरिवाना तिर्नुपर्छ ।”

“सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ?” सांसद थापाले प्रश्न गरे । उनले यो विषय उद्यमीसँग मात्र सम्बन्धित नभएर स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित भएको भन्दा यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro