
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि गरिने बताएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले ज्ञानमा आधारित अर्थतन्त्रको विकास र सुशासनका लागि सूचना प्रविधि प्रणालीको अनुसन्धान, विकास र विस्तार गरिने बताएका छन् ।
सार्वजनिक निकायका सूचना प्रणालीहरूको नक्सांकन गरी विद्युतीय सुशासन ब्लूप्रिन्ट गरिने उनले बताए । “यस्तै सरकारी एवं सार्वजनिक सेवामा प्रयोग हुने सूचना प्रविधिको गुणस्तर निर्धारण तथा प्राविधिक परिक्षण सम्बन्धी कार्य एकिकृत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ,” उनले भने ।
यस्तै उनले सरकारी अनलाइन प्रणालीहरुलाई अन्तरआवद्ध गरी सेवा उपलब्ध गराइने बताएका छन् । विद्युतीय प्रणालीबीच तथ्यांक आदन प्रदान गर्न डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिनेसमेत बताएका छन् ।