site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सले जेठ २९ देखि भैरहवाबाट नियमित उडान गर्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । 

उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना बनाएको बताइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

Global Ime bank

यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका डाइरेक्टर अफ सिभिल एभिएसन अथोरिटी (सीएएएम) सँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी छलफल भएको थियो । 

उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल एजेन्टहरू, त्यहाँ रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका व्यक्तिहरूसँग समेत छलफल भएको बताइएको छ ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने बताइएको छ । 

यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारुसम्म साथै जोहोरबारुबाट काठमाडांै वा भैरहवासम्मको टिकट लिई सहज रूपमा यात्रा गर्न सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC