site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
SkywellSkywell

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । 

पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशको भन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेस गरिएको तथ्यांकलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले जनाएको छ ।

Dabur Nepal
NIC Asia

पाकिस्तानमा सबैभन्दा धेरै तलब पाउने व्यक्ति प्रधानन्यायाधीश हुन् भने सर्वोच्च अदालतका न्यायाधीशहरू दोस्रो श्रेणीमा छन् । तेस्रो नम्बरमा राष्ट्रपति छन् । संघीय मन्त्री र सचिवको भन्दा पनि कम तलब छ, प्रधानमन्त्रीको ।

सार्वजनिक लेखा समितिका अध्यक्ष नुर खानका अनुसार पाकिस्तानी राष्ट्रपतिको पारिश्रमिक आठ लाख ९६ हजार ५५० पाकिस्तानी रुपैयाँ छ । प्रधानमन्त्रीको दुई लाख एक हजार ५७४ छ ।

प्रधानन्यायाधीशको १५ लाख २७ हजार ३९९, सर्वोच्च अदालतका न्यायाधीशको १४ लाख ७० हजार ७११ र संघीय मन्त्रीको तलब तीन लाख ३८ हजार १२५ रहेको छ । एकजना सांसदको तलब एक लाख ८८ हजार छ । २२औँ तहका सरकारी अधिकारीको तलब पाँच लाख ९१ हजार ४७५ पाकिस्तानी रुपैयाँ छ । 

लेखा समितिले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अरू न्यायाधीशले प्राप्त गर्ने भत्ता, अरू सेवा–सुविधा तथा भत्ताको विवरण माग गरेको द न्युज इन्टरनेसनलले जनाएको छ ।

सर्वोच्च अदालतले बितेका १० वर्षमा गरेका खर्चबारे जानकारी दिन तथा लेखापरीक्षणका निम्ति समितिमा उपस्थित हुन उक्त अदालतका रजिष्ट्रारलाई दिइएको निर्देशनको अवहेलना भएको समितिका एक सदस्यले बताएका छन् ।

समितिको आउँदो मंगलबार हुने अर्को बैठकमा पनि रजिष्ट्रार अनुपस्थित रहेमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिने चेतावनी दिइएको जनाइएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu