site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिक उन्मुक्ति सरकारमा रहिरहन्छ ? आज बैठक बस्दै, रेशम चौधरी के भन्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीको बैठक आज बस्दै छ । काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक बस्न लागेको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

दिउँसो १ बजे काठमाडौंमै बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । उक्त बैठकमा सरकारमा रहने/नरहने विषयमा पनि छलफल गरिनेछ ।

सरकार छाड्ने/नछाड्ने विषयमा टुंगोमा पुग्न बाँकी रहेको उनले बताए । परिस्थिति हेरेर निर्णय लिइने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारका विषयमा दुई/तीन दिन हेरौँ भन्ने छ । निर्णय गरिसकेका छैनौँ,” उनले बाह्रखरीसित भने, “आज काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक बस्दै छौँ । त्यहाँ पनि हामी सल्लाह गर्छौँ । छलफल गरेर अघि बढ्छौँ ।”

नागरिक उन्मुक्तिका तर्फबाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।

Global Ime bank

नागरिक उन्मुक्तिका पदाधिकारीले पार्टीका संस्थापक नेता रेशम चौधरीसित पनि विभिन्न विषयमा कुराकानी गरिरहेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरीसित आफूहरूको कुराकानी भइरहेको उनले बताए ।

हिजो पनि चौधरीसित आफूहरूको कुराकानी भएको उनले जानकारी दिए । त्यसक्रममा चौधरीले आफ्नो सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसलाको विरोध नगर्ने र स्वीकार गर्ने बताएको उनको भनाइ छ ।

“अदालतको आदेश मान्नैपर्‍यो, चित्त बुझे पनि नबुझे पनि, विरोध नगर्ने, त्यसको विपक्षमा नबोल्ने भन्नुभएको छ,” चौधरीको भनाइ उद्धृत गर्दै थापाले भने, “सरकारले हामीलाई गुमराहमा राख्यो, लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिदिएन भन्नुभयो । संयम नगुमाऔँ भन्ने उहाँको कुरा छ ।”

अदालतसित नभई सरकारसँग आफूहरूको गुनासो रहेको उनले बताए । राजनीतिक मुद्दालाई सोहीअनुसार निरूपण गर्नुपर्ने र त्यसका लागि दबाब दिइने महासचिव थापाको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement