site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चलाई गगन थापाको जवाफ– सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नुहुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्न नहुने जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

उनले ५२ जना पदाधिकारीको नियुक्ति सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
सर्वोच्चले उनलाई यस्ता अभिव्यक्तिमा रोक लगाउँदै जवाफ दिन भनेको थियो ।

सोहीअनुसार थापाले बुधबार लिखित जवाफ पठाएका छन् ।

थापाले जवाफमा भनेका छन्– सार्वजनिक हितको पक्षमा रहेको सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नुहुँदैन ।”

उनले आफूले दिएको अभिव्यक्ति पनि न्यायालयमाथि प्रहार गर्ने उद्देश्यबाट नआएको र आफू जहिले पनि स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताएका छन् ।

“न्यायालयमाथि प्रहार गर्ने उद्देश्य होइन । मेरो आदर्श र विचार तथा जीवनभर जुन मूल्य र मान्यताको लागि संघर्ष गर्दै आएको छु । त्यसबाट कदापि अदालतको अवहेलना गर्ने होइन न्यायपालिकालाई जनताको हकको मूल संरक्षक र अभिभावक हो भन्ने धारणाप्रति सदा सर्वदा दृढ छु,” थापाले भनेका छन् ।

उनले विचारहरुको यस्तो मन्थनबाट नै नागरिकको संशय र आशंकाको निराकरण गरी स्वतन्त्र न्यायपालिकाको गरिमा अझ बढाउन मद्दत गर्ने जवाफ पनि अदालतलाई दिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्