site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसभित्र एकता अपरिहार्य : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए । पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । कांग्रेस बलियो भए मात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने महतले उल्लेख गरे ।

प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे ।

 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २३:५६
प्रतिक्रिया दिनुहोस्