site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक उन्मुक्तिले भन्यो– रेशम चौधरी हत्यारा भए फाँसी दिए हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको मंगलबारको फैसला स्वीकार्य भएको जनाएको छ । तर, तत्कालीन टीकापुर घटनालाई अदालती मुद्दा बनाउन नहुनेमा सो पार्टीले पुनः जोड दिएको छ ।

उक्त घटनालाई राजनीतिक हिसाबले हल गर्न पनि आग्रह गरिएको छ । “...यो राजनीतिक मुद्दा अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्द छौँ,” नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नागरिक उन्मुक्तिले दुई माग पनि प्रस्तुत गरेको छ । तत्कालीन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सो पार्टीको प्रमुख माग छ ।

यस्तै, रेशम चौधरीलगायत व्यक्ति हत्यारा भए फाँसी दिए हुने विज्ञप्तिमा उल्लेख छ ।

“...यदि, रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “यदि, लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवश हुनेछौँ ।”

राँकेजुलुस, प्रदर्शनी, कोणसभालगायत आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्