site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।

०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् । 

उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro