site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस–कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा : माधव नेपाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अलोकतान्त्रिक बनेको बताएका छन् । बुधबार मदन—आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमालेभित्रका अलोकतान्त्रिक चरित्र हटाउन सो पार्टीका नेता–कार्यकर्तालाई उनले सुझाव दिए । उनले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले एमालेले जबजबाट विचलित भएको आरोप समेत लगाए । यस्ता विचार र नेताविरुद्ध जुध्न सो पार्टीका नेताहरूले आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।

“अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्रहरू विद्यमान छन् । त्यसो भएकाले पार्टीहरूको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यकता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा (एमाले) छ । नेकपा (एमाले)भित्र रहेको अलोकतान्त्रिक, नीतिभन्दा नेता प्रधान, नेताभन्दा नीति प्रधान हुनुपर्नेभन्दा नीतिभन्दा नेता प्रधान भन्ने मान्यतामा छ,” उनले भने, “एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा (एमाले)का तमाम कार्यकर्ता, नेताहरूलाई– आफू, आफ्नो पार्टीभित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसका विरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस् । तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।”

Global Ime bank

पूर्वप्रधानमन्त्री समेत रहेका उनले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि बताए । कांग्रेस, कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ ।

सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उनले उल्लेख गरे । नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने भन्ने ठूलो चुनौती रहेको उनले बताए ।

“नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ– पैसा कमाऊँ, जनतालाई लुट । एउटै प्रवृत्ति व्याप्त छ,” उनले भने, “त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने, नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौती हाम्रोसामु विद्यमान छ । कम्युनिष्स् पार्टीभित्र दिक्कलाग्दो अवस्था ‘म’बाट सुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय