site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेटमा ‘मेक इन नेपाल’ बुँदा समेटिनु पर्छ : अध्यक्ष अग्रवाल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी बजेटमा नेपाली उत्पादनलाई प्रयोग गर्ने गरी ‘मेक इन नेपाल’ बुँदा समावेश हुनु पर्ने बतनएका छन् । काठमाडौमा मंगलबार परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन सत्रमा अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्न नेपाली उत्पादन रोज्नु पर्ने बताएका हुन् ।
 
सोही क्रममा सरकारले स्वदेशी बस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्नेमा उनको जोड छ । यसका लागि सरकारले आगामी बजेटमा नै व्यवस्था गर्न पर्ने उनले बताए ।

“मेक इन नेपाल नारा आगामी बजेटमा सरकारले राख्नु पर्छ । उद्योगमन्त्रीज्यूले यो कार्यमा सहयोग गर्नुपर्छ,” उनले भने, “आयात प्रतिस्थापनको नाममा बस्तु आयात रोक्नु हुँदैन । उत्पादन र प्रयोग बढाउनु पर्छ ।” 

नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन पनि सरकारले सहयोग गर्नु पर्ने उनको धारणा छ । 
 
उद्योग परिसंघले वार्षिक ५ लाख रोजगारी सिर्जना गर्न ‘मेक इन नेपालको परिकल्पना गरेको बताए । नीतिगत स्थिरताबिना दीगो विकास सम्भव नहुने भन्दै लगानी बढाउने वातावरण बनाउनु पर्ने उनको भनाइ छ ।
 
गिट्टी, ढुंगा र काठ निर्यातबाट दुई खर्ब आर्जन गर्न सकिने भन्दै नीतिगत व्यवस्था हुनु पर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय