site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समितिको बैठकमा स्वागत र परिचय
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

कठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरूलाई स्वागत गरेका थिए ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरूले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गएको वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिमा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका सात, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका एक/एक सांसद सदस्य छन् ।

बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको सामान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement