site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अन्तरक्रियामा साहित्य र लैंगिक हिंसा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक क्रियाकलापमा सक्रिय संस्था फ्रेस इन्टरनेसनलले ‘लैंगिक हिंसाविरुद्ध कानुन व्यवसायी र साहित्यकारहरूको भूमिका र योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार कवि विश्वविमोहन श्रेष्ठले साहित्यमा लैंगिक हिंसाबारे धेरै लेखिएको बताउँदै साहित्यले समाजलाई डोर्‍याउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार डा. गीता त्रिपाठीले फ्रेसले यस विषयमा विमर्श गरेर सराहनीय कार्य गरेको बताउँदै पछिल्लो समय लेखक कविहरू लैंगिक हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आइरहेको बताइन् । उनले आजका कवितामा त्यो झल्किने गरेको उल्लेख गरिन् ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले राज्यले नै विभेदपूर्ण कानुनहरू बनाइरहेको बताइन् । उनले राज्यले समानताको कुरा गर्ने गरेको भए पनि त्यस किसिमको कानुन नबनाइएको उल्लेख गरिन् ।

Global Ime bank

प्रा.डा.शशि अधिकारीले नेपालमा पीडित महिलालाई जहिल्यै अनेक किसिमबाट सताइने गरिएकोले न्याय खोज्न पनि टुकी बाल्नुपर्ने अवस्था आइसकेको बताइन् । उनले सरकारी वकिलले पीडितलाई अपमानित गर्ने र प्रहरीले भरसक जाहेरी नहोस् भन्ने दृष्टिकोणबाट काम गर्दै आएको उल्लेख गरिन् ।

फ्रेस इन्टरनेसनलकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक शान्ति रिसाल काफ्लेले कानुन तथा साहित्यका विविध कुराहरू स्पष्ट आउन भनेरै यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले फ्रेस इन्टरनेसनलकाबारेमा जानकारी दिएकी थिइन् । सोअवसरमा उपस्थित साहित्यकार तथा कानुन व्यवसायीहरूले आफ्ना धारणा राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC