site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आफैँ प्रहरीकहाँ पुगे आङटावा शेर्पा, प्रहरी भन्छ– पक्राउ पुर्जी नै जारी भएको छैन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आफैँ प्रहरीकहाँ पुगेका छन् ।

शरणार्थी प्रकरणसँग जोडेर मिडियामा आफ्नो नाम आएपछि उनी आफैँ सोमबार साँझ प्रहरी परिसर टेकु पुगेका हुन् ।

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले शेर्पाविरुद्ध प्रहरीले कारबाही प्रक्रिया नै अगाडि नबढाएको बताए ।

"मिडियामा नाम मुछिएपछि उहाँ आफैँ बुझ्न आउनुभएको हो । मिडियामा पक्राउ पुर्जी जारी भनेर आएको छ । त्यो हल्ला हो, उहाँविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छैन," रिजालले भने ।

उनका अनुसार प्रहरीले उनीविरुद्ध कारबाही प्रक्रिया नै अगाडि बढाएको छैन । पक्राउ पुर्जी नै जारी नभएको अवस्थामा नाम जोडिएपछि बुझ्न आएकाले उनले आत्मसमर्पण गरेको भन्न नमिल्ने उनको भनाइ छ ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro