site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ठूलो नेताको श्रीमती भनेर विश्वास गर्नुहुन्न होला, 'फेक अडियो'को उजुरी दर्ता गर्न ३ घण्टा लाग्यो'
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्रहत्या गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली 'फेक अडियो' छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन आफूले प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको बताइन् ।

"मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सीबीआई र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला, सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृहमन्त्रालयबाट चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदा पनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ?," उनले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro