site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेटको मूल्य बढेको छैन, बढी पैसा नदिनूहोला : प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क अथवा महशुलदर नबढाएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलोमतोमा शुल्क बढाएको भन्ने कुरा आएको भन्दै प्राधिकरणले शुल्क नबढेको स्पष्ट पारेको हो ।

“इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनि समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन भन्दै इन्टर्नेट सेवाको महशुलदर बढाएको भनि उपभोक्ताहरुले विभिन्न माध्यमबाट गुनासो समेत ब्यक्त गरेको प्रति  नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,” सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ ।

सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टनरेट सेवाको शुल्क बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने भन्दै त्यसो गरेको खण्डमा सो बमोजिम कारबाही हुने प्राधिकरणको भनाइ छ ।

अस्वस्थ प्रतिस्पर्धा रोक्न इन्टरनेट सेवा प्रदायक एकजुट, छुटमा कटौती गर्ने

“सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकसँग लिने शुल्करमहशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहे बमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई शुल्करमहशुलदर स्वीकृत गराएर मात्र लागू गर्न पटक पटक पत्राचार तथा सार्वजनिक सूचना प्रकाशन गरिदै आएको छ,”  प्राधिकरणले भनेको छ ।

प्राधिकरणले हालसम्म कुनै पनि सेवा प्रदायकको मूल्य वृद्धिलाई स्वीकृत नगरेको र कुनै पनि इन्टरनेट सेवा प्रदायकलाई शुल्क बढाउन निर्देशन नदिएको स्पष्ट पारेको छ । यसकारण कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदर भन्दा बढी शुल्क लिने गरी बिल जारी गरिएको भए सो को जानकारी उपलब्ध गराईदिन प्राधिकरणले आग्रह गरेको छ ।

suchana1684145049.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro