site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बोलाइएको छ । 

प्रतिनिधिसभाबाट गठन भएपश्चात् समितिले पहिलो बैठक बोलाएको हो । समिति सचिव रामकुमार पौडेलले सोमाबर विज्ञप्ति जारी गर्दै बैठक बोलाइएको जानकारी दिए ।

Argakhachi Cement Island Ad

सचिव पौडेलका अनुसार समितिको बैठक जेठ २ गते मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ । बैठक समितिको सभाहल सिंहदरबारमा बस्नेछ ।

“स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध,” बैठकको कार्यसूचीमा उल्लेख गरिएको छ ।

गठन भएका १० समितिमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबैभन्दा पहिलो बैठक बोलाएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्