site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेर्‍यो : खनाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरेका छन् ।

अनेरास्ववियूको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले देश चौतर्फी संकटबाट गुज्रिरहेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले श्रमजीवी युवा खाडी मुलुक, मलेसिया र युवा विद्यार्थी अस्ट्रेलियातिर जान बाध्य भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

“...युवा तथा विद्यार्थीहरू ! तपाईंहरूलाई थाहा छ, हाम्रो देश यति बेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ,” पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्, “बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।”

Global Ime bank

यस्तो अवस्थामा वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरुरी रहेको उनले औँल्याएका छन् । समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्न जरुरी रहेकामा उनले जोड दिएका छन् ।

देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निसाना के हो भन्ने कुरामै अन्योलग्रस्त र दिशाहीन देखिएको उनको भनाइ छ । अहिलेको सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समधान समाजवाद भएको उनको निष्कर्ष छ ।

दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निसाना केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

afaf1684123598.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय