site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले संविधानको ‘पिल्लर’लाई चलाउने कुनै काम गर्न सक्दैन : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटीको पाँचौँ बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रस्ट पारे ।

Dabur Nepal
NIC Asia

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उनले बताए । एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने उनले बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्र बाहिर लैजान केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए ।

उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि ‘पिल्लर’लाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएका थिए ।

“हिजोदेखि एउटा हल्ला चलाइएको छ– नेकपा (एमाले)को चालु केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा (एमाले)ले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा (एमाले) संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन्, यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रूपमा खारेज गर्नुभएको छ । र, तपाईंहरूलाई थाहा छ,” ओलीको भनाइ उद्धृत गर्दै उनले भने, “हाम्रो पार्टीको बैठक निश्चित एजेन्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन । कुनै साथीहरूले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ, यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ । यो पार्टीको विधिको हिसाबले पनि गलत छ । र, पार्टीको मान्यताको हिसाबले पनि गलत छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा (एमाले) हो । यो संविधानको निर्माता नेकपा (एमाले) हो । यो संविधनन निर्माण भएबापत मुलुकले नाकाबन्दी भोग्दा समेत त्यसको दृढतापूर्वक नेतृत्व गर्ने र सामना गर्ने पार्टी हो । यो पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरूलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन । र, त्यो काम सोच्न पनि सक्दैन । यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्देशन गर्नुभएको छ । र, सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई पार्टीको निर्णित कुरा, आधिकारिक कुरा, केन्द्रीय कमिटीका आधिकारिक निर्णयहरू बोकेर जान आग्रह गर्नुभएको छ ।”

‘ग्रासरुट अभियान’बाट प्राप्त सुझावका आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरिएको छ । त्यसमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro